२०८१ असोज २२ मंगलवार | Tuesday, Oct 08 2024

पर्यटन ब्यावसायी रामप्रसाद सापकोटाको ५० वर्षको अनुभव अब पुस्तकमा

Untitled
Untitled
Untitled

काठमाण्डू, पर्यटन व्यवसायी रामप्रसाद सापकोटाको संस्मरण संग्रह आधा शताब्दी पुस्तक बजारमा आएको छ ।

ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)का उपाध्यक्षसमेत भइसकेका उनले आफ्नो जीवनकालको ५० वर्ष अर्थात आधा शताब्दीको संमरण पुस्तकमा उतारेका छन् ।

धादिङ जिल्लाको दुर्गम गाउँ त्रिपुरासुन्दरी ७, अचनेमा जन्मिएर आजसम्म व्यवसायिक रुपमा प्राप्त सफलतालाई उनले पुस्तकमा कलात्मक शैलीमा प्रस्तुत गरेका छन् ।

हेलिकोप्टर व्यवसायमा देखिएको अस्वस्थ प्रतिस्पर्धा र त्यसको मारमा परेका यात्रुहरुको पीडा, पदयात्रामा जाँदा समस्यामा परेका पर्यटकहरुलाई निजी अस्पताल र बिमाका एजेन्टहरुले गरेको लुट, पर्यटनका बिचौलिया र प्रशासनहरुको मिलेमतो आदिका विषयमा लेखक सापकोटाले यथार्थ पस्केका छन् ।

हिालयन सोसिएल जर्नीका कार्यकारी अध्यक्ष समेत रहेका सापकोटाले जीवनको आधा शताब्दीमा गरेका काम र भोगाइलाई लिपिबद्द गरेर प्रकाशन गरेका हुन् ।

सन २००८ सालमा एक्लो प्रयासबाट शुरु भएको जर्नीले आज धरै ठाउँमा लगानी गर्ने हैसियत बनाएको छ ।

सापकोटाले सामाजिक क्षेत्रमा पनि आफूूलाई प्रमाण्ति गर्दै आएका छन् । लगानी गर्ने वातावरणले सयौं ब्यक्तिलाई रोगारी दिन सफल भएका सापकोटाको मेहनत जो कोहीका लागि मार्गदर्शन बन्न सक्छ ।

सापकोटाको मिेहनत र अथक प्रयासको संयोजनपछि तयार भएको आधा शताब्दी नामक पुस्तक पर्यटन क्षेत्रमा आउने नयाँ पुस्ताका लागि गाइड बन्ने कुरामा दुइमत छैन् ।

सामान्य ब्यक्तिले पनि आफनो जीवनका बिभिन्न उतारचढाव र तीता मिठा अनुभवहरु सम्हालेको र बटुलेको हुन्छ ।

यी कुरालाई सापकोटाले जस्ताको तस्तै पुस्तकका माध्यमबाट उतारेका छन् । उनले पुस्तकमा समेटेका धेरै कुरा प्रेरणदायी पनि हुन सक्छन् ।

पुस्तकमा आधा शताब्दी, हेलम्बू ट्रेकले जुराएको इटाली यात्रा, चौबीस घण्टापछि फर्केको जीवन, अन्नपूर्ण ट्रेक र अमेरिका यात्रा, पर्यटन नीतिमा उत्कृष्ट भुुटान, पर्यटनको सम्भावना र सुुझाव, शब्द चित्रमा पर्यटन, माओवादी हिंसाले पारेको प्रभाव, व्यवसायमा प्रवेशका दिनहरु व्यवसायभित्र देखिएका विकृतिहरु, चार वर्षमा चार अप्रेसन, लुटतन्त्रको रमिता, यदि म छोरी भएको भए र पञ्चायतदेखि गणतन्त्रसम्मका अनुभव गरी जम्मा २१ वटा शिर्षकहरु समावेश छन् ।

रु पाँच सय मुल्य रहेको सो पुस्तकलाई हिमालयन सोसल जर्नी ट्रेकिङ कम्पनीले प्रकाशन गरेको हो ।

पुस्तकमा लेखक सापकोटाले आफ्नो बाल्यकालदेखि उमेरले पचास वर्ष सेरोफेरोमा पुग्दासम्मका भोगाइ र अनुभूतिलाई सरल भाषामा उतारेका छन् ।

पर्यटनमा लाग्ने रहरदेखि सकस, संघर्ष र सफलताका प्रेरणादायी संस्मरणहरु रहेको पुस्तकमा पर्यटनभित्रका विकृति, विसंगति र अवसर, चुनौति छर्लङ्ग पारिएको छ ।

पञ्चायतदेखि गणतन्त्रसम्मका राजनीतिक परिवर्तन र नेतृत्वको अभिलेखीकरण गर्नुको साथै पुस्तकलाई लेखकका देश–परदेशसम्मका तितामिठा अनुभुतिले सुसज्जित गरिएको छ ।

पुस्तकमा लेखकले धर्म,अर्थ,काम र मोक्षका विभिन्न पाटाहरुलाई मानवीय जीवनसँग जोडेर आफ्ना संस्मरणमा उतारेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे र कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सामुहिक रुपमा पुस्तकको थ्रीडी डमी अनावरण गरि कृतिको लोकार्पण गरेका हुन् ।

कृति लोकार्पण समारोहमा पर्यटन मन्त्री पाण्डेले एक सामान्य किसानको छोरोले छोटो समयमा गरेको व्यवसायिक सफलताको प्रसंशा गरेका थिए ।

मन्त्री पाण्डेले कृतिले उठान गर्न खोजेको विषयमासमेत चर्चा गरे । आफूले पुस्तकका अधिकांश पाठहरु अध्ययन गरेको भन्दै मन्त्री पाण्डेले व्यवसायमा देखिएका थुप्रै समस्याहरु र त्यसको समाधानका लागि बाटो समेत देखाइदिएकोमा कृतिकार रामप्रसाद सापकोटालाई धन्यवाद समेत दिए ।

लोकार्पण समारोहमै कृषि मन्त्री रामनाथ अधिकारीले पुस्तक र लेखकको चर्चा गर्दै अब पर्यटनलाई एग्रोटुरिजम तर्फ पनि ढाल्नु पर्ने र त्यसको लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पुस्तक माथि समीक्षा गर्दै साहित्यकार डा। नवराज लम्सालले पुस्तकले पर्यटनमा एउटा नयाँ बाटो देखाइदिएको बताए । उनले रामप्रसाद सापकोटाले कुनै पनि पार्टीको सदस्यता नलिनु र यथार्थ बोल्नु उनको महानता रहेका चर्चा गरे ।

त्यस्तै, अर्का समीक्षक सञ्चारकर्मी गोकर्ण अर्यालले किताबमा बाल्यकालदेखि आधा शताब्दी, व्यवसायदेखि निजी जीवन र समस्यादेखि समाधानसम्म सबै विषय समेट्न सकेको बताए ।

रामप्रसाद सापकोटाको जीवनीमा आधारित आकर्षक वृत्तचित्रसमेत कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

समारोहमा पूर्व गृहमन्त्री बुद्धिमान तामाङ, पूर्व श्रममन्त्री डीपी अर्याल, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

लोर्कापण समारोहमा लेखक रामप्रसाद सापकोटाले आफ्नो ५० वर्षको अनुभव पुस्तकमा उतारेको बताए ।

उनले यथार्थ लेख्दा वा बोल्दा कसैलाई चोट पर्न सक्छ तर त्यसलाई वास्तविकता हो र हामी सच्चिनु पर्छ भन्ने भावले गृहण गर्न आग्रह गरे ।

उनले पुस्तकमा धेरै फूलबुट्टा नभरेको र आफ्नो जीवनको भोगाइ नै लेखेको प्रष्ट पारे ।

सापकोटाले अब शताब्दीको यात्रालाई अझ व्यवसायिक र सेवामुलक बनाउने प्रतिज्ञा गर्दै कृति अध्ययन गरेर सुझाब दिन सबै पाठकमा आग्रह पनि गरेका छन् ।

पर्यटन ब्यावसायी लेखक सापकोटाको पहिलो प्रकाशित कृति हो ।

Untitled
Untitled
Untitled