२०८२ असार १९ बिहीवार | Thursday, Jul 03 2025

अमेरिकामा तीन सातादेखि हराएकी नेपाली नर्स ममताका श्रीमान प्रहरीको नियन्त्रणमा

Untitled
Untitled
Untitled

काठमाण्डू, अमेरिकाको भर्जिनियामा तीन सातादेखि हराइरहेकी नेपाल नर्स ममता काफ्लेको खोजीका क्रममा उनका श्रीमान पक्राउ परेका छन् ।

काभ्रेको पनौतीकी २८ वर्षीया ममता काफ्ले त्यहीको मनासस भन्ने स्थानबाट हराएकी थिइन ।

प्रहरीले ममताको खोजीका क्रममा घरमा खानतलासीपछि श्रीमान नरेश भट्टलाई नियन्त्रणमा लिएको स्थानीय संचारमाध्यमले जनाएका छन् ।

यद्यपि अनुसन्धान जारी रहने भन्दै प्रहरीले यसबारे थप जानकारी दिएको छैन । यसअघि प्रहरीले अनुसन्धानमा श्रीमान नरेशले सहयोग नगरेको बताएको थियो ।

यो घटनालाई अहिले भर्जिनियाको प्रहरी र अमेरिकाका संचारमाध्यमले निकै चासो दिएका छन् ।

साउन १६ गते, ममता घरबाट निस्किएकी त्यसपछि उनी बेपत्ता भएकी छन् । ममताका पति नरेश भट्ट अमेरिकाको आर्मीमा छन् ।

पत्नी हराएको खबर उनले पाँचदिनपछि साउन २१ गते बल्ल प्रहरीलाई दिएका थिए । त्यसैले उनी शंकाको घेरामा परेका छन् ।

Untitled
Untitled
Untitled