काठमाण्डू, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहलले आफूहरू ‘ब्याङ्केट एम्नेष्टि’को पक्षमा नरहेको बताएका छन्।
सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी आयोग पीडितमैत्री हुन्छ कि हुँदैन भनेर लामो सयम विभिन्न स्तरमा गम्भीर छलफल गरेको भन्दै अध्यक्ष दाहालले यसबारे फैलाइएका भ्रमहरू चिर्न सफल भएको उल्लेख गरे।

टीआरसी विधेयकका सन्दर्भमा आज संसदमा बोल्दै अध्यक्ष दाहालले गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामा क्षमा नहुने बताएका हुन्।
सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी आयोग पीडितमैत्री हुन्छ कि हुँदैन भनेर लामो सयम विभिन्न स्तरमा गम्भीर छलफल गरेको भन्दै अध्यक्ष दाहालले यसबारे फैलाइएका भ्रमहरू चिर्न सफल भएको उल्लेख गरे।
अध्यक्ष दाहालले भने, ‘लामो समयदेखि यो विधेयक पीडित मैत्री हुन्छ कि हुँदैन भन्ने बारेमा हामीले विभिन्न स्तरमा गम्भीर संवाद गर्यौं।
हामीले देशभित्र विभिन्न पीडित संस्थाका प्रतिनिधिहरूसँग, पीडित परिवारहरूसँग, राष्ट्रिय र अन्तराष्ट्रिय संघसंस्थाहरूसँग लामो समयदेखि निरन्तर संवाद गर्दै रह्यौं।
यो विधेयक पीडित मैत्री हुन्छ कि हुँदैन या यसले मेलमिलापको नाममा पीडितलाई थप पीडा दिने त होइन भन्ने चिन्ता हामी सबैले व्यक्त पनि गर्यौं र यसलाई बढीभन्दा बढी पीडित केन्द्रित बनाउने कोशिश गर्यौँ।’
अध्यक्ष दाहालले अगाडि भने, ‘यो अन्तर्राष्ट्रिय मान्यता र परम्परा अनुसार स्थापित मूल्य(मान्यता अनुसार हुन्छ कि हुँदैन, किनकी सुरुका दिनहरूमा यसमा धेरै नै विवाद के भयो भने हामी एम्नेष्टिमा जाँदै छौं, हामीले गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामा पनि क्षमा दिँदै छौं भन्ने प्रचार पनि धेरै भयो।
हामीले त्यसलाई पनि चिर्यौँ। हामी ब्ल्याङ्केट एम्नेष्टिको पक्षमा छैनौं, गम्भीर मानवअधिकार उल्लङ्घनका घटनाहरूको न्यायिक निरुपण गर्छौं भन्ने कुरा हामीले स्पष्ट गर्यौँ र यहाँसम्म आउँदा त्यस कुरामा अन्तर्राष्ट्रिय समुदायमा पनि अब कुनै भ्रम छ भन्ने मलाई लाग्दैन।’
अहिले विधेयकमाथी छलफल गर्दैगर्दा अन्तर्राष्ट्रिय समूदाय सबैको मूलभूत रुपमा सहमति रहेको भन्न पाउँदा आफूलाई खुशी र गर्वको महसुस भएको अध्यक्ष दाहालले सुनाए।