काठमाण्डू, कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली भएको छ भ केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
बाँकी प्रदेशहरुमा आंशिक देखि मुख्यतया सफा केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो मुलुकभरको मौसम आंशिक देखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कोशी, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने विभागको अनुमान छ ।
कतिपय स्थानमा बाढी पहिरोको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३० डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।
काठमाडौंमा पछिल्लो २४ घण्टामा २४ दशमलव ५ मिलिमिटर वर्षा भएको छ यो अवधिमा सबै भन्दा धेरै भैरहवामा ९७ दशमलव ५ मिलिमिटर वर्षा भएको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।