२०८२ जेठ २ शुक्रवार | Friday, May 16 2025

जेठ २० को राशिफल: मिथुनको रोकिएको काम बन्ने, सिंहले झुटा आरोप खेप्नुपर्ने

Untitled
Untitled
Untitled

आज आइतबार, २० जेठ २०८१ (२ जुन २०२४)

मेष : लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ। काम बिगार्ने सक्रिय रहने देखिन्छ। लेनदेनमा सजगता अपनाउनु पर्नेछ। ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला। नियमित खर्चसमेत बढ्ने योग छ।
आजको भाग्यशाली रङ्ग गुलाबी र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४ र व्यापारमा ४१, सेयरबजारमा ३९, वैदेशिक कार्यमा ४६, शिक्षामा ३३ प्रतिशत सफलता मिल्नेछ।
यस्तै स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरुको विश्वास नगर्ने ।

वृष : आफन्तको प्रगतिमा मन रमाउनेछ। विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ। मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ। अतः भाग्यले विभिन्न अवसर जुराउनेछ। प्रेम जीवन पनि सफल रहनेछ।

आजको भाग्यशाली रङ्ग रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५० र व्यापारमा ६६, सेयरबजारमा ७९, वैदेशिक कार्यमा ६०, शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने।कालो रङ्गको प्रयोग नगर्ने।

मिथुन : लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। आज काममा सफलता मिल्नेछ भने मनमा भएको बोझ हट्नेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ।

आजको भाग्यशाली रङ्ग खैरो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९ र व्यापारमा ६१, सेयरबजारमा ७२, वैदेशिक कार्यमा ८०, शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। छल कपट नगर्ने।

कर्कट : मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। प्रेम प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ। सेयरबजार र वित्तीय संस्थामा गरेको लगानीबाट पनि राम्रै फाइदा मिल्ला। आफन्तबाट सहयोग प्राप्त हुनेछ।

आजको भाग्यशाली रङ्ग सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५२ र व्यापारमा ६६, सेयरबजारमा ७९, वैदेशिक कार्यमा ५४, शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकलाई भोजन दिने। उत्तर दिशा नजाने।

सिंह : झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ला। सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ। सचेत रहनुहोला तर साँझमा साथ सहयोग मिल्ने र मन प्रसन्न रहनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला।

आजको भाग्यशाली रङ्ग रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३० र व्यापारमा ४२, सेयरबजारमा ३४, वैदेशिक कार्यमा ४७, शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसीक भोजन नगर्ने।

कन्या : भाग्यले विभिन्न अवसर जुराउनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। स्वास्थ्यमा सुधार आउला। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ। साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ।

आजको भाग्यशाली रङ्ग खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५४ र व्यापारमा ८०, सेयरबजारमा ६५, वैदेशिक कार्यमा ४९, शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ४४, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ५० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङ्गको प्रयोग नगर्ने।

तुला : चलाखीपूर्ण बोलीको प्रभावले आँटेको काम हुनेछ। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ। धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ।

आजको भाग्यशाली रङ्ग सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७५ र व्यापारमा ७१, सेयरबजारमा ५७, वैदेशिक कार्यमा ६४, शिक्षामा ७८ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरुको विश्वास नगर्ने।

वृश्चिक : आफन्तसँग रमाइलो भेटघाट हुनेछ। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। अरुलाई प्रभावित पारेर काम पनि बन्ला।

आजको भाग्यशाली रङ्ग पहेँलो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१ र व्यापारमा ६९, सेयरबजारमा ७३, वैदेशिक कार्यमा ६८, शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु : लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको समय छ। घरायसी व्यवहारबाट टाढै बस्नु होला। मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ। यात्रा भने सामान्य रहनेछ। सकेसम्म खर्च जोगाउनु नै राम्रो हुनेछ।

आजको भाग्यशाली रङ्ग रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८ र व्यापारमा ४९, सेयरबजारमा ३०, वैदेशिक कार्यमा ४०, शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङ्गको प्रयोग नगर्ने।

मकर : नयाँ कामको थालनी हुनसक्छ। बन्दव्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने छ। मुद्दा मामिलामा सफलता मिल्नेछ। तीर्थाटनको योग पनि छ। आँटेको र ताकेको कार्य पूरा होला।

आजको भाग्यशाली रङ्ग हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५८ र व्यापारमा ६२, सेयरबजारमा ७१, वैदेशिक कार्यमा ५७, शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।

कुम्भ : रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ। नयाँ ठाउँमा घुमफिर र मन्दिर दर्शनको योजना बन्नेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। धार्मिक तथा समाज सेवामा मन लाग्नेछ।

आजको भाग्यशाली रङ्ग निलो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५० र व्यापारमा ६२, सेयरबजारमा ७५, वैदेशिक कार्यमा ५१, शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने।नवग्रहलाई स्मरण गरेर कामको थालनी गर्ने।

मीन : दानपुण्यका कार्यमा सहभागी भइनेछ। शुभकार्यमा सहभागिता जनाइने छ। सजिलै अरुको विश्वास जित्न सकिनेछ। आकस्मिक धन लाभ हुनेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। भाग्यले साथ दिनेछ।

आजको भाग्यशाली रङ्ग पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५१ र व्यापारमा ६४, सेयरबजारमा ७२, वैदेशिक कार्यमा ५७, शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने। छल कपट नगर्ने।

Untitled
Untitled
Untitled