काठमाडौं, कोशी, बागमती र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहेको छ ।
आज दिउँसो सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली हुने छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी प्रदेश लगायत देशका पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना छ ।
कोशी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आज राति भने गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २८ दशमलव २ डिग्री पुग्ने अनुमान गरिएको छ ।
काठमाडौंमा पछिल्लो २४ घण्टामा १ दशमलव ५ मिलिमिटर वर्षा भएको छ ।

































