२०८३ असार ४ बिहीवार | Thursday, Jun 18 2026

सुनकोशी मरिण डाइभर्सनको सुरुङ खन्ने काम अब ५ सय १० मिटर मात्रै बाँकी, २६ गते सुरुङ छिचोल्ने

Untitled
Untitled
Untitled

काठमाडौं, तराई–मधेशमा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ शुरु गरिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ खन्ने काम अब पाँच सय १० मिटर बाँकी छ ।

वैशाख २६ गते सुरुङ छिचोल्ने अर्थात् ‘ब्रेक थ्रू’ गर्ने तयारी भइरहेको छ । कुनै भौगोलिक जटिलता उत्पन्न नभए आउँदो वैशाख २६ गते विशेष समारोहको आयोजना गरी सुरुङ छिचोल्ने आयोजनाले जनाएको छ ।

सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये अहिलेसम्म १२ दशमलव सात सय ९० किलोमिटर सुरुङ निर्माण सम्पन्न छ ।

सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेशिन ९टीबीएम० प्रयोग गरिएको छ । भेरी बबई डाइभर्सन आयोजनापछि सुनकोशी मरिणमा पनि टीबीएम मेशिन प्रयोग गरिएको हो ।

सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा रहेको सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीलाई मरिण खोलामा पथान्तरण गरिनेछ ।

सुनकोशीको झन्डै ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारमा रहेको मरिण खोलामा खसालिनेछ ।

त्यसपछि बाग्मती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ । त्यस्तै यो आयोजनाबाट ३१ मेगावाट बिजुली उत्पादन हुनेछ ।

Untitled
Untitled
Untitled