२०८३ असार ५ शुक्रवार | Friday, Jun 19 2026

सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन कांग्रेसलाई महङ्गो सावित भयो : डा. कोइराला

Untitled
Untitled
Untitled

काठमाडौं, नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले पुरानो गठबन्धन तोडेर नयाँ गठबन्धन बनाउनु सामान्य नभएको बताएका छन् ।

उनले सोमबारको घटनामा असन्तुष्टि जनाएका छन् । राजनीतिमा गठबन्धन बन्नु,तोडिनु र फेरि बन्नु सामान्य भएतापनि हिजोको घटना सामान्य नभएको बताए।

उनले माओवादीलाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेख्दै कमजोर,अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन नेपाली कांग्रेसलाई महङ्गो सावित भएको बताए।

उनले यस घटनामा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि भन्दै प्रश्न गरेका छन् ।साथै भविष्यको लागि सजग बन्न अनुरोध समेत गरेका छन् ।

‘राजनीतिमा गठबन्धन वन्नु,तोडिनु र फेरि बन्नु सामान्य हो तर हिजोको घटना सामान्य होइन।

कमजोर,अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महङ्गो सावित भयो। यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि ? भविष्यको लागि सजग बनौं ।’ उनले लेखेका छन् ।

Untitled
Untitled
Untitled