२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

नयाँ सरकारसँग मिलेर काम गर्न इच्छुक छौं : चिनियाँ परराष्ट्र मन्त्रालय

Untitled
Untitled
Untitled

काठमाडौं , नेपालमा आफू अनुकुलको सत्ता गठबन्धन बनाउन सफलता प्राप्त गरेको चीनले नयाँ सरकारसँग मिलेर काम गर्ने बताएको छ ।

बेइजिङमा मंगलबार आयोजित चिनियाँ परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलनमा नेपालको राजनीतिक परिस्थितिबारेको प्रश्नको जवाफ दिँदै प्रवक्ता माओ निङले नयाँ सरकार गठन कार्य सहज रुपमा अघि बढ्ने समेत बताइन्।

उनले एक मैत्रीपूर्ण छिमेकी र सहयोगी साझेदारको रूपमा चीन नेपालसँगको सम्बन्धलाई निकै महत्त्व दिने बताउँदै नयाँ सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको बताइन् ।

उनले भनिन्, ‘नयाँ सरकार गठनसम्बन्धी कार्यलाई सहज रूपमा अघि बढाउन तथा राजनीतिक स्थायित्व र आर्थिक विकासमा नेपालका सबै दल एकताबद्ध भई सहकार्य गर्ने विश्वास छ।

विकास र समृद्धितर्फ उन्मुख हुन र दुई देशका जनताका लागि थप लाभ सिर्जना गर्न नयाँ सरकारसँग मिलेर काम गर्न चीन तयार छ।

परम्परागत मित्रता बढाउन तथा व्यावहारिक सहयोग प्रगाढ बनाउन चीन–नेपालको रणनीतिक सहयोगात्मक साझेदारी प्रवर्द्धन गर्न समेत इच्छुक रहेको उनले बताएकी थिइन् ।

Untitled
Untitled
Untitled