२०८३ असार ५ शुक्रवार | Friday, Jun 19 2026

मन्त्रालय भागबन्डा गर्न नयाँ गठबन्धनको ९ बजे शीर्ष नेताहरूको बैठक बस्दै, ११ बजे कार्यदलको बैठक बस्ने

Untitled
Untitled
Untitled

काठमाडौं, नेकपा एमाले सम्मिलित चार दलीय नयाँ सत्ता गठबन्धनको बैठक आज ( मंगलबार ) पनि बस्दै छ।

एमालेका एक नेताका अनुसार अहिले बिहान ९ बजे गठबन्धनका शीर्ष नेताहरूकौ बैठक बस्नेछ।

‘लगत्तै ( बिहान ) ११ बजे कार्यदलको बैठक बस्नेछ’ उनले भने।

सत्ता नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रको नेतृत्वमा सोमबार मात्र एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको गठबन्धन बनाई मन्त्रिपरिषद् पुनर्गठनसमेत भइसकेको छ।

तर, मन्त्रालय बाँडफाँटका विषयमा निर्णय गर्न बाँकी छ। त्यसका लागि सोमबारै चार सदस्यीय कार्यदल गठन गरिएको छ।

जसमा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, माओवादी उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छन्।

Untitled
Untitled
Untitled