सानै उमेरबाट समाजसेवामा लागेका डा.दीलबहादुर तामाङको जन्म बि.स.२०४५ सालमा काभ्रेको धुलिखेलमा भएको हो ।
डा. दीलबहादुर बुबा श्री रघुबहादुर तामाङ र स्वर्गीय आमा कान्छीमाया तामाङका चार दाजुभाइमध्ये जेठो छोरा हुन् ।
उनको प्राथमिक तहको शिक्षा कुत्तल गाउँबाट भएको थियो । माध्यमिक तह भने धुलिखेलबाट पूरा गरी उच्च हिक्षका लागि काठमाडौं विश्वविद्यालयको प्यारामेडिक्स ( Health Assistant) डिप्लोमा कोर्समा भर्ना भए ।
( एमबिबिएस) पढाई चीनबाट सन् २०१६मा चीनको जुझाउ मेडिकल युनिभर्सिटीबाट एमबीबीएस पूरा गरें।
नेपाल मेडिकल काउन्सिल ( एनएमसी) परीक्षा उत्तीर्ण गरेपछि सन् २०१७ मा धुलिखेल अस्पतालमा मेडिकल अफिसरको रूपमा सेवा गर्न थालें।
३ वर्ष सम्म नुवाकोट जिल्लाका दुर्गम गाउँमा जनताको सेवा सुकुमान मेमोरियल पोलिक्लिनिकबाट प्रदान गरे।
काभ्रेकै मण्डनदेउपुर नगर अस्पतालमा करिब डेढ बर्ष जति सेवा गरेपछि डा. दीलबहादुर अहिले एम डी पढाइको तयारीमा छन् ।
उपचार बाहेक सामाजिक सेवालाई कर्म मान्ने डा. दीलबहादुर तामाङ चिकित्सक समाज र कान्छीमाया तामाङ फाउण्डेशनका संस्थापक अध्यक्ष एवं कान्छीमाया तामाङ मेमोरियल सामुदायिक अस्पताल गाल्पा, रामेछापका अध्यक्ष समेत रहेका छन् ।
कान्छीमाया तामाङ फाउण्डेशन मार्फत उनले अहिले कान्छीमाया तामाङ मेमोरियल सामुदायिक अस्पताल, बाँसघारी लाइभ केयर क्लिनिक, बोधी ध्यान केन्द्र, महिला तालिम केन्द्र र अर्गानिक कृषि फर्म संचालन गर्दै आएका छन् ।
उनले २०७२ सालको भुकम्पमा १२ लाख रुपैयाँ जम्मा गरेर सरकारको दैबिप्रकोप उद्धार कोषमा जम्मा गराएका थिए ।
डा. दीलबहादुरले बाग्लुङको गल्कोट अस्पताललाई एम्बुलेन्स र स्वास्थ्य सामाग्री प्रदान गरेका थिए ।
२०८० सालको जाजरकोट भुकम्प पीडितहरुको लागि उनले दुइ पटक राहात सामग्री र स्वास्थ्य शिविर पनि सञ्चालन गरेका छन् ।
यदि मात्र नभएर कोभिड जस्तो महामारीमा पनि उनले गाउँ गाउँमा गएर जनताको लागि स्वास्थ्य सेवा प्रदान गरेका थिए ।