काठमाडौं, त्रिभुुवन विश्वविद्यालयको उपकुलपति दरखास्त आव्हान रद्द भएको छ ।
विज्ञापनमा उम्मेद्वारको मापदण्डका विषयमा सर्वत्र विरोध भएपछि सरकारले आज सूचना प्रकाशित गरि दरखास्त आव्हान रद्द गरिएको जनाएको हो ।
प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आव्हान गरेको विज्ञापनको प्रावधान सच्याउन निर्देशन दिएपछि समितिले दुई दिनअघि सार्वजनिक गरेको विज्ञापन रद्द गरेको हो ।



































