काठमाडौं, आज मुलुकभर आंशिक बदली हुने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका अधिकांस स्थानमा बदली हुने छ ।
बाँकी भेगको मौसम भने समान्यतया सफा रहने महाशाखाको अनुमान छ । गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने छ ।
त्यस्तै तराईका केही क्षेत्रमा आज पनि विहानैदेखि हुस्सु लागेको छ । आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदली हुने छ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ ।


































