२०८३ जेठ २२ शुक्रवार | Friday, Jun 05 2026

विपक्षीदलको बहिष्कारका बावजुद बंगलादेशमा आज आम निर्वाचन

Untitled
Untitled
Untitled

एजेन्सी, विपक्षी दलको बहिष्कारका बाबजुद बंगलादेशमा आज आम निर्वाचन हुँदैछ । २ सय १९ सांसद चयनका लागि आमनिर्वाचन हुन लागेको हो ।

निर्वाचनमा १ हजार ८ सय ४८ उम्मेदवार मैदानमा उत्रिएका छन् । करिव १० करोड मतदाताले मताधिकार प्रयोग गर्ने आँकलन गरिएको छ । मतदानका लागि देशभर ४० हजार मतदान केन्द्र तोकिएको छ ।

विपक्षी दलहरुले बहिष्कार गरेको यो निर्वाचनबाट प्रधानमन्त्री शेख हसिना वाजेद नै फेरि निर्वाचित हुने देखिन्छ ।

मुख्य विपक्षी दल बंगलादेश नेशनलिष्ट पार्टीले भाग नलिएको यो चुनावलाई अन्र्तराष्ट्रिय समुदायले मान्यता नदिने सम्भावना छ ।

पूर्व प्रधानमन्त्री बेगम खालिदा जियालाई भ्रष्टाचारको आरोपमा जेल हालेपछि बंगलादेशको आन्तरिक राजनीति संकटमा जेलिदै गएको छ ।

७३ वर्षीय जियालाई भ्रष्टाचारको आरोपमा ढाकास्थित काराबासमा राखिएको छ ।

आजको चुनावपछि बंगलादेशकी वर्तमान प्रधानमन्त्री शेख हसिनाले ४ पटकसम्म बंगलादेशको नेतृत्व गर्ने इतिहास बनाउने छिन् ।

निर्वाचनलाई मध्यनजर गर्दै ६ लाख सुरक्षाकर्मी खटाइए पनि निर्वाचन प्रचारप्रसारको क्रममा हालसम्म १३ जनाको मृत्यु भइसकेको छ ।

Untitled
Untitled
Untitled