२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

राष्ट्रियसभा निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन

Untitled
Untitled
Untitled

काठमाडौं, राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन गरिने भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।

पुस २० गते प्रकाशित मतदाता नामावली उपर दाबी विरोधलगायत समयसिमा सकिएको छ । दाबी विरोधको प्रक्रिया सकिएसँगै आयोगले मतदाताको अन्तिम नामावली सार्वजनिक गर्न लागेको हो ।

भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ । पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन कार्यतालिका छ ।

माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुने छ । राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुन लागेको हो ।

Untitled
Untitled
Untitled