सिद्धार्थनगर, नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल विजयी भएका छन् । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सम्पन्न ५० औं राष्ट्रिय महाधिवेशनबाट पोखरेल वर्ष २०२४ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
पोेखरेलले ५१० मत पाउँदा निकटतम प्रतिस्पर्धी रजनी थापाले ४२६ मत पाए । ८४ मतान्तरले विजयी भएका पोखरेलले तीनजना प्रतिस्पर्धीहरु रजनी थापा, विजय गुरुङ र रश्मी शिल्पकारलाई पराजित गरेका छन् ।
पोखरेल नुवाकोट जेसीजका पूर्व अध्यक्ष हुन् भने अघिल्लो पटक राष्ट्रिय अध्यक्ष पदमा पराजित भएका थिए ।
त्यस्तै, कार्यकारीणी उपाध्यक्षमा अनुप सुनुवार, राजाराम गौतम भीमबहादुर कुंवर (राजु),सिनेटर सन्दिप अग्रहरी विजयी भए ।
महासचिव सरोज अधिकारी, कानूनी सल्लाहकारमा नरेश चन्द्र ओझा,कोषाध्यक्षमा खेमराज थापा मनोनित भएका छन् ।
उपाध्यक्षमा अमर घिमीरे, सौरब श्रेष्ठ,राजन शर्मा पौडेल, सिता कुमारी भण्डारी, एलिना महर्जन, बहादुर तामाङ, स्वपना पौडेल भण्डारी, योगेश राजवंशी, घनश्याम चौधरी, नबराज उपाध्याय, गणेश सापकोटा, अचुत उप्रेती आयुष निर्वाचित हुनुभयो उहाहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेको निर्वाचन अधिकृत मुख्य निर्वाचन अधिकृत सुरेन्द्र कुमार महतोले जानकारी दिए ।
नेपाल जेसीजको २१ सदस्यीय कार्यसमितिमा ( १७ जना निर्वाचित ) एक अध्यक्ष, चार कार्यकारीणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित हुन्छन् भने ३ जना अध्यक्षले मनोनयन र निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।
निर्वाचनका लागि रामलक्ष्मण विद्युतीय भोटिङ्ग मेसिनको प्रयोग गरिएको थियो । कुल मतदाता एक हजार ३२ जना थिए भने मतभार एक हजार २१६ थियो ।
५० औं राष्ट्रिय महाधिवेशनको मङ्सिर २९ गते सभामुख देवराज घिमिरेले उद्घाटन गरेका थिए ।


































