२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

एमालेको मध्यपहाडी यात्रा आज सकिदै, भोलि काठमाडौं फर्किने

Untitled
Untitled
Untitled

काठमाडौं, नेकपा एमालेको समृद्धिका लागि संकल्प यात्रा आज सकिदै छ । १८ दिन दिनअघि बैतडीको झुलाघाटबाट सुरु भएको मध्यपहाडी राजमार्गको यात्रा आज सकिन लागेको हो ।

अध्यक्ष केपी ओली नेतृत्वको टोली आज अन्तिम विन्दू पाँचथरको चिवाभञ्ज्याङ पुग्दै छ । पाँचथरको फिदिमबाट टोली चिवाभञ्ज्याङ्ग प्रस्थान गरेको एमालेले जनाएको छ ।

फिदिमबाट करिब ५० किलोमिटरको दूरीमा रहेको चिवाभञ्ज्याङमा पुगेर अध्यक्ष ओलीले नेपाल भारत सिमानामा राष्ट्रिय झण्डा फहराउने कार्यक्रम छ ।

चिवाभञ्ज्याङको कार्यक्रम सकेर एमाले टोली बास बस्न पुनः फिदिम नै फर्किने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने नाराका साथ मध्यपहाडका समस्याको पहिचान र समाधानका उपाय खोज्न मंसिर १४ गतेबाट एमालेले यात्रा सुरु गरेको थियो ।

यात्राका क्रममा मध्यपहाडी राजमार्गमा पर्ने बैतडी, डडेलधुरा, डोटी, अछाम, दैलेख, जाजरकोट, पश्चिम रुकुम, पूर्वी रुकुमको यात्रा गरेको थियो।

यसैगरी बागलुङ, पर्वत, कास्की, लमजुङ, धादिङ, नुवाकोट हुदै काभ्रेपलान्चोक, सिन्धुपाल्चोक जिल्लामा कार्यक्रम गर्दै एमाले टोली पूर्व निस्किएको थियो ।

रामेछाप, सिन्धुली, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा हुँदै यात्रा टोली तेह्रथुमबाट पाँचथर पुगेको हो ।

मध्यपहाडी राजमार्गले छोएका २६ र त्यस बाहिरका चारवटा गरेर ३० वटा जिल्लाका जनतासँग एमालेले संवाद गरेको जनाएको छ । एमाले टोली भोलि बिहान काठमाडौं फर्कने छ ।

Untitled
Untitled
Untitled