२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

मन

Untitled
Untitled
Untitled

 

मारेर सपना आफ्ना
अरुलाई पोषी रहयौ
लगाइ ढुङ्गामा तेल
फूल फुल्ने आशमा !

एक-एक गरी उडे हजुर
भमराका झुन्डहरु
आफ्नो त आफ्नो हुदैनन्
अरुको त के कुरा गरु ? !!

चाहना केही थिएन बदलामा
दुई चार मिठो लवज न हो
आश नगर्दा नि दुख्ने मन
पटक पटक घाइते भो !!!

मारेर सपना आफ्ना
अरुलाई पोषी रहयौ !!!!

दिपेन्द्र विष्ट
काठमाडौ

Untitled
Untitled
Untitled