काठमाडौ, जल तथा मौसम विज्ञान विभागले, हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।
आज बिहान लुम्बिनी प्रदेशलगायत देशका केही पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।
तराई क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतः सफा रहने छ ।
गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ ।
हिमपात तथा देशभरको तापक्रम घट्नेक्रममा रहेकाले यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध पनि गरेको छ ।


































