२०८३ असार ९ मंगलवार | Tuesday, Jun 23 2026

बरामद हुँदा १ सय ५५ किलो जोखिएको सुन गालेर जोख्दा ६० किलो मात्र

Untitled
Untitled
Untitled

काठमाडौं, २ साउनमा बरामद गरिएको तस्करीको सुनको परिमाण ६० किलो ७७९ ग्राम रहेको पाइएको छ।

बरामद सुनको परिमाण करिब १ क्विन्टल भएको अनुमान गरिए पनि झन्डै आधा घटेको हो। सुन सोमबार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा जोखिएको हो।

बरामद ब्रेक शुभित्रको सुन गालेर निकाल्दा सुनको परिमाण ६० केजी ७७९ ग्राम पाइएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ।

स्रोतले भन्यो, ‘‘यसअघि ब्रेक शुसहित जोख्दा १ सय ५५ किलो थियो। अहिले सुन मात्रै गालेर जोख्दा ६० किलो भएको छ।’’

सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद भएको थियो।

Untitled
Untitled
Untitled