२०८३ असार ९ मंगलवार | Tuesday, Jun 23 2026

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक

Untitled
Untitled
Untitled

काठमाडौ, सर्वोच्च अदालतले यही साउन २१ गते ललिता निवास प्रकरणमा दिएको आदेशपछि तरंगित सत्ता गठबन्धनको बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ।

खासगरी गठबन्धन दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि समेत छानबिन गर्ने ढोका खोलिदिएर सर्वोच्च ललिता निवास प्रकरणमा आदेश दिएपछि यो आकस्मिक बैठक बसेको हो।

अध्यक्ष नेपाल युरोपबाट दुई दिनअगावै काठमाडौं उत्रिएलगत्तै गठबन्धन दलहरु महान्यायाधिवक्ता दीनमणि पोखरेललाई समेत राखेर बालुवाटारमा जुटेका हुन्।

बालुवाटारमा जारी गठबन्धनको बैठकमा ललिता निवासबारे सर्वोच्चको आदेशमा अघि बढ्ने रणनीति बनाइने भएको छ। त्यहीकारण उक्त बैठकमा महान्यायाधिवक्ता पोखरेललाई पनि राखिएको छ।

त्यस्तै गत साउन १० गतेदेखि पटक पटक अवरुद्ध भएको संसद्‍को गतिरोध खोल्ने विषय पनि गठबन्धनको एजेन्डा बनेको छ।

२०६३ चैत ७ गते २८ जनाको ज्यान जाने गरी भएको गौर हत्याकाण्डमा गठबन्धन दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु तानिने सम्भावना बढ्दै जाँदा त्यसबारे पनि छलफल हुँदैछ।

जसपाले यदि सरकारले पीडित पक्षहरुसँग गरेको सम्झौताअनुसार गौर हत्याकाण्डको छानबिन अघि बढाएमा सरकारबाट बाहिरिने चेतावनी केही दिनअघि दिइसकेको छ।

Untitled
Untitled
Untitled