२०८१ जेठ ६ आइतवार | Sunday, May 19 2024

महानगरले छेक्यो खुलामञ्च छिर्न खोजेका मिटरब्याज पीडितलाई

काठमाडौं, महोत्तरीको बर्दिबासबाट काठमाडौं हिँडेर आएका मिटरब्याजी पीडितहरु र काठमाडौं महानगरपालिका नगरप्रहरीबीच धकेला धकेल भएको छ ।

मिटरव्याजी पीडितहरु खुलामञ्च प्रवेश गर्न खोज्दा महानगरले अवरोध गरेपछि दुईपक्ष बीच धकेलाधकेल भएको हो ।

यसअघि नै पीडितहरुलाई खुल्लामञ्च छिर्न नदिन महानगरले खुलामञ्चमा ताला लगाएको थियो । जबरजस्ती खुलामञ्च र्छिन खोजेपछि महानगरका नगरप्रहरीले रोक्न खोजेको थियो ।

तर ठूलो संख्यामा आएको मिटरव्याजी पीडितहरुले महानगरविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले खुलामञ्चको गेटमा महानगरले प्रदर्शन गरिरहेका छन् ।

झडप हुन खोजेपछि ठूलो मात्रमा नगरप्रहरी र नेपाल प्रहरी तैनाथ गरिएको छ ।