२०८१ माघ ४ शुक्रवार | Friday, Jan 17 2025

१७ अंकले बढेपछि फेरि १९ सय विन्दूमा उक्लियो सेयर बजार

Untitled
Untitled
Untitled

काठमाडौ, सेयरबजारमा आज १६७ कम्पनीका लगानीकर्ताले कमाएका छन्।

लगातार ओरालो लागिरहेको बजार परिसूचक सोमबार १७.७० अंकले बढेर फेरि १९०६ विन्दूमा चढेको हो।

दोस्रो कारोबार दिन २६१ कम्पनीको ४३ लाख कित्ता सेयर बिक्री भएका छन्। दिनभरिमा ३६ हजारभन्दा बढी पटकको खरिदबिक्रीपछि १ अर्ब ३८ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आज ४४ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। नेशनल माइक्रोफाइनान्स लघुवित्तका सेयरधनीले १० प्रतिशत गुमाएका छन् भने अन्यले कम दरमा गुमाएका छन्।

यता सुपरमाई हाइड्रो, एसियन हाइड्रोपावर, कालिञ्चोक दर्शन लघुवित्तलगायतका सेयरधनीले भने कमाएका छन्।

आज पनि हिमालयन डिस्टिलरीको सर्वाधिक ५ करोड ९० लाखको कारोबार भएको छ।

 

Untitled
Untitled
Untitled