२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

सुकुम्वासीलाई उठिबास लगाउन खोजेको भन्दै मेयर बालेनविरुद्ध प्रदर्शन

Untitled
Untitled
Untitled

काठमाडौं, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध प्रदर्शन गरिएको छ।

संविधान र कानुन विपरीत सुकुम्वासीहरुलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर साहविरुद्ध सोमबार काठमाडौंको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्‍यालीसहितको विरोध प्रदर्शन गरिएको हो।

आफूहरूलाई उठिबास लगाउने काममा मेयर साह लागेपछि त्यसको विरोधमा सुरु गरिएको प्रदर्शनलाई निरन्तरता दिनु परेको संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले बताए।

उनीहरूले पक्राउ परेका भूमि अभियन्ताहरूलाई निःशर्त रिहा गर्न, उनीहरूमाथि लगाइएको सबै झुटा मुद्दा खारेज गर्नुपर्ने मागसहितको नाराबाजी गरिरहेका छन्।

 

Untitled
Untitled
Untitled