२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा अन्तिम सुनुवाइ स्थगित

Untitled
Untitled
Untitled

काठमाडौं, राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा अन्तिम सुनुवाइ स्थगित भएको छ।

सन्दीपका कानूून व्यवसायीका तर्फबाट सुनुवाइ स्थगित गरिएको हो। जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेसी तोकिएको थियो।

पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेका न्यायाधीश घिमिरेको इजलासमा मुद्दाको पेसी चढेको थियो।

यसअघि घिमिरेको इजलासले सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो।

बलात्कारको अभियोग लागेका लामिछानेलाई उच्च अदालत, पाटनले धरौटीमा रिहा गर्न आदेश दिएपछि थुना बाहिर छन्।

उनी २० लाख धरौटी बुझाएर रिहा भएका हुन्। नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी गराएको छ।

उनी अहिले खेल जीवनमा फर्किसकेका छन्।

Untitled
Untitled
Untitled