२०८१ फागुन ३ शनिवार | Saturday, Feb 15 2025

बुद्धिमान बने तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष

Untitled
Untitled
Untitled

काठमाडौ, अमेरिकको न्यूूयोर्क शहरमा तामाङ सोसाइटी अफ अमेरिकको एघारौ महाअधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले २०२३ देखी २०२५ सम्मको लागि ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

नेतृत्व चयनका लागि अध्यक्ष पदको लागि तामाङ र सन्जोग योन्जनले उम्मेदवारी परेको थियो ।

उम्मेदवार दर्ता पछि दुुबै उम्मेदवारले आफना योजना सहित धारणा राखेका थिए । तामाङले ११ बुँदामा आफ्नो भनाइ राखेका थिए ।

निर्वाचनमा लागि भएको मतदानमा तामाङ प्रतिद्वन्द्वी योन्जन भन्दा १० मत बढी ल्याएर निर्वाचित भएका थिए । मतदानमा ८ मत बदर भएको थियो ।

निर्वाचित भएपछि तामाडंले आफूूले अघि सारेको प्रत्येक बुँदालाइ आत्मसात गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्य समितिका अन्य पदाधिकारीसहित सदस्य भने निर्विरोध निर्वातिचत भएका थिए । बरिष्ट उपाध्यक्षमा चिना लामा, उपाध्यक्षमा तुलबहादुर तामाङ, उपाध्यक्षमा आरती लामा मैना महासचिबमा शमशेर योन्जन, सचिवमा भीम स्याङतन र कोषाध्यक्षमा सेन्तुन लामा चयन भएका थिए । सदस्यहरुमा तीर्थराज लामा, बिष्णु तामाङ, नीरामाया लामा निर्वाचित भए ।

Untitled
Untitled
Untitled