२०८१ भदौ २४ सोमवार | Monday, Sep 09 2024

पहाडी र हिमाली क्षेत्रमा आज होली पर्व मनाइँदै, नेपाल स्काउट परिसरमा ला टोमाटिना फेस्टिवलको आयोजना

Untitled
Untitled
Untitled

काठमाडौं, फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा होली पर्वसँग जोडिएको छ ।

त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली ९फागु० खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।

केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलोरूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ ।

सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ ।

ला टोमानिाना फेस्टिवल

होली कै अबसर पारेर ग्लोवल टुरिजम प्रोमोसन काउन्सिलले ला टोमाटिनो फेस्टिवलको आयोजना गरेको छ । स्पेनमा मनाइने ला टोमाटिनो फेस्टिबलले पर्यटन प्रर्वधन गर्ने सहयोग पुग्नुका साथै दुइ देशको संस्कृतिका बारेमा जनकारी पाउन सहज हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा स्वामी ओसोले प्रवचन दिनेसमेत आयोजकले जनाएको छ । फस्टिवलम पर्यटन सित जोडिएका सबैलाई सहभागिताका लागि आग्रह पनि गरेको छ ।

कार्यक्रमा आज दिउँसो १२ बजे लैनचौरस्थित नेपाल स्काउट परिसरमा हुने छ ।

प्रहरीको विशेष जाँच अभियान, जथाभावी गर्नलाई कारबाही

नेपाल प्रहरीले होलीलाई व्यवस्थित तरिकाले मनाउन आग्रह गरेको छ । होहल्ला नगरि, जाँडरक्सी तथा लागुपदार्थ नखाइ एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध गरेको छ । होलीलाई व्यवस्थित गर्न यसपालि पनि प्रहरीले विशेष सुरक्षा योजना लागू गर्दैछ ।

इच्छा विपरीत रङ्ग वा लोला हानेमा पक्राउ गरेर मुद्दा चलाउने प्रहरी वरिष्ठ उपरीक्षक एवम् सहप्रवक्ता दिपेन्द्र जीसीले चेतावनी दिएका छन् ।

होलीलाई व्यवस्थित र सभ्य बनाउन सादा पोशाकका प्रहरी समेत परिचालन गर्ने योजना रहेको छ ।

अभद्र तरिकाले होली खेलिएको पाइए कारबाही हुनेछ । यस्तै, कसैले इच्छा विपरीत रङ्ग लगाए, लोला हाने वा फोहर पानी र विभिन्न केमिकल मिसिएको पदार्थ लगाइदिएमा पनि उजुरी गर्न प्रहरीले आग्रह गरेको छ ।

ट्राफिक प्रहरीसँगको सहकार्यमा सुरक्षा जाँचलाई कडाइ गरिनेछ । मोटरसाइकल चलाउँदा हेलमेट अनिवार्य लगाउन, तीन जना नचढ्न र जाँडरक्सी वा लागुपदार्थ खाएर गाडी नचलाउन प्रहरीले आग्रह गरेको छ ।

Untitled
Untitled
Untitled