२०८१ भदौ २४ सोमवार | Monday, Sep 09 2024

चीनले यो वर्ष सैन्य बजेट ७ प्रतिशतले वृद्धि गर्ने, झस्कियो अमेरिका

Untitled
Untitled
Untitled

एजेन्सी, चीनले यो वर्ष आफ्नो सैन्य बजेट ७ प्रतिशतले वृद्धि गर्ने भएको छ ।

चिनियाँ संसदको अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ली खछ्याङले बजेट वृद्धिको घोषणा गर्दै चीनलाई नियन्त्रण गर्ने प्रयास तीब्र भइरहेको बताउँदै रक्षा बजेट बढाउने घोषणा गरेको बीबीसी हिन्दीले जनाएको छ ।

चीनले आफ्नो सेनामा वार्षिक दुई सय अर्ब डलर खर्च गर्दै आएको छ । यद्यपि चीनको यो बजेट आफ्नो प्रतिद्वन्द्वी अमेरिकाको तुलनामा चार गुणा भन्दा धेरैले कम छ । तर चीनले रक्षा बजेट बढाएकोमा अमेरिका झस्किएको रक्षा विज्ञहरुले बताएका छन् ।

चीनले आफ्नो सैन्य बजेट आफ्नो अर्थतन्त्रको वृद्धिदरभन्दा बढी बढाएको छ । विश्लेषकहरूले चीनको सैन्य बजेटमा भएको यो वृद्धिले उसको सेनालाई बलियो बनाउने प्रतिबद्धतालाई जोड दिएको बताएका छन् ।

जापानजस्ता अन्य क्षेत्रीय शक्ति राष्ट्रहरूले पनि आफ्नो सैन्य बजेट बढाइरहेका छन् । भारतले सन् २०२३-२४ को लागि ७२ दशमलव ४ बिलियन डलरको सैन्य बजेट घोषणा गरेको छ । सैन्य खर्चमा अमेरिका र चीनपछि भारत तेस्रो नम्बरमा छ ।

 

Untitled
Untitled
Untitled