२०८३ जेठ २५ सोमवार | Monday, Jun 08 2026

उपत्यकामा २४ घण्टामा २,२५६ चालक कारबाहीमा, ४ लाख ९१ हजार राजस्व संकलन

Untitled
Untitled
Untitled

काठमाण्डू, काठमाडौँ उपत्यकामा सवारी अनुशासन उल्लङ्घन गर्ने चालकहरूमाथि ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा व्यापक कारबाही गरेको छ।

विभिन्न स्थानमा गरिएको नियमित चेकिङ तथा निगरानीका क्रममा कुल २ हजार २५६ चालक नियम उल्लङ्घनमा परेका छन् भने राज्यकोषमा करिब ४ लाख ९१ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको छ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा परेकामध्ये सबैभन्दा बढी १ हजार १६१ जना सामान्य ट्राफिक नियम उल्लङ्घन गर्ने चालक रहेका छन्।

उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी जरिवाना गरिएको हो।

त्यसैगरी, सडक सुरक्षामा उच्च जोखिम मानिने मापसे (मादक पदार्थ सेवन गरी सवारी चलाउने) १५१ जना, ट्राफिक सङ्केत बत्तीको अवहेलना गर्ने १४२ जना तथा तीव्र गतिमा सवारी सञ्चालन गर्ने २३० चालक पनि कारबाहीमा परेका छन्।

त्यस्तै, सार्वजनिक यातायात व्यवस्थापनमा चुनौती थप्ने गरी नियमविपरीत राइड सेयरिङ सञ्चालन गर्ने १११ जना, लेन अनुशासन उल्लङ्घन गर्ने ३३ जना, तथा निषेधित क्षेत्रमा अनावश्यक हर्न बजाउने १९३ जनामाथि पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

फुटपाथ तथा सडक पेटीमा सवारी पार्किङ गर्ने ११७ चालक र एकतर्फी सडक नियम उल्लङ्घन गर्ने ११८ चालकसमेत नियन्त्रणमा परेका छन्।

ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यातायात प्रणाली सुनिश्चित गर्न नियमित चेकिङलाई थप कडाइ गरिएको जनाएको छ।

साथै, चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह पनि गरिएको छ।

Untitled
Untitled
Untitled