२०८२ कात्तिक १४ शुक्रवार | Friday, Oct 31 2025

Untitled

झापाको खजुरगाछी बजारमा भीषण आगलागी

Untitled
Untitled
Untitled

झापा, झापाको गौरीगञ्ज गाउँपालिका-६ स्थित खजुरगाछी बजारमा गएराति भीषण आगलागी हुँदा करोडौं रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।

गएराति करिब १० बजेतिर बजारमा रहेको चन्द्र नायकको होलसेल किराना पसलबाट विद्युत् सर्ट भई अचानक आगो सल्किएको थियो।

उक्त आगलागीका कारण नायकको पसल र सोसँगै जोडिएको घर पूर्णरुपमा जलेर नष्ट भएका छन्।

टिनको छाना र सेन्ट्रीबेरा गरिएको नायकको एकतले तीन कोठे पसल र पसलभित्रका सम्पूर्ण सरसामान जल्दा ठूलो क्षति भएको छ।

यसका साथै, सोही आगलागीले नजिकै रहेको राजेन्द्र ढकालको दुई तले आठ कोठे घर (ईटाको गारो र टिनको छाना भएको) पनि जलेर नष्ट भएको छ।

यस घटनाबाट बजार नजिकै रहेको त्रिभुवन आदर्श पुस्तकालयमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ।

आगलागीको खबर पाउने बित्तिकै इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी निरीक्षक भुवनबाबु खड्काको कमान्डमा २५ जनाको टोली र प्रस्तावित सीमा सुरक्षा गुल्म फत्तेपुरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश श्रेष्ठको कमान्डमा १८ जनाको टोली घटनास्थलमा खटिएको थियो।

गौरादह, शिवसतासी र कमलका दमकल तथा स्थानीयवासीको सक्रिय सहयोगमा राति १२ बजे उक्त आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो।

प्रहरी निरीक्षक खड्काका अनुसार, आगलागीबाट भएको क्षतिको यकिन विवरण निकाल्ने काम भइरहेको छ।

Untitled
Untitled
Untitled