२०८२ असार १९ बिहीवार | Thursday, Jul 03 2025

ताप्लेजुङको सिदिङबामा पहिरोले घर पुरिँदा चार जना घाइते, एक गम्भीर

Untitled
Untitled
Untitled

फुङलिङ, ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइतेभएका छन् ।

स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उहाँका ५० वर्षीया श्रीमती ठगमाया कटुवाल गम्भीर घाइते भएकी छन् भने अन्य चार जनाको अवस्था सामान्य रहेको छ ।

सायद 1 व्यक्ति को फोटो हुनसक्छ

कुलोमा बगेको पानी छेकिएर घरमाथिको खेतमा पस्दा पहिरो खसेर घर पुरिँदा परिवारका अन्य चार जना घाइते भएको आङखोपका वडाध्यक्ष रत्नबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार गएराति करिब १ बजे पहिरोले घर पुरिएको हो । पहिरोले एक्कासी घर पुरिएपछि छेउमा रहेको मतानमा सुतेका छोराबुहारीले आमाबुवाको तत्काल उद्धार गरेका थिए ।

पहिरोका कारण हस्तबहादुर, छोरा जगत कटुवाल, बुहारी सरस्वता कटुवाल र छोरी सम्झाना कटुवाल सामान्य घाइते भएका छन् ।

घाइते ठगमायालाई गम्भीर चोट लागेकाले थप उपचारका लागि एम्बुलेन्स झिकाइएको वडाध्यक्ष खत्रीले बताए ।

राति वर्षा नभए पनि सिँचाइका लागि ल्याइएको कुलो थुनिएर पानी खेतबारीमा खसेर पहिरो झरेको स्थानीयको भनाइ छ ।

घटनास्थलमा अहिले साब्लाखु प्रहरी चौकीको टोलीले अनुसन्धान तथा क्षतिको विवरण सङ्कलन गर्ने कार्य सुरु गरेको छ ।

Untitled
Untitled
Untitled