काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले आज गोरखापत्र ब्रह्मले देखेको लेख्न स्वतन्त्र रहेको बताएका छन् ।
हिजो राणा र राजाको शासनमा राज्यको इसारामा चल्नुपर्ने बाध्यता बोकेका गोरखापत्रका सम्पादक आज लेख्नका लागि स्वतन्त्र रहेको उल्लेख गरेका हुन् ।
गोरखापत्र दैनिकको १२५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘‘गोरखापत्रले धेरै उतारचढाब देखेको छ । यसलाई झेलेको छ । कत्ति गाह्रो थियो होला सम्पादकीय लेख्न रु आज तपाईं के सम्पादकीय लेख्नुहुन्छ रु कहिल्यै सरकारबाट दबाब हुँदैन ।
प्रधानमन्त्रीबाट दबाब र नियन्त्रण केही छैन । आज तपाईंहरु आफ्नो ब्रह्मले देखेको जे सुकै लेख्न स्वतन्त्र हुनुहुन्छ ।’
गोरखापत्रको १२५ औं वार्षिकोत्सवमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै गोरखापत्र, गोरखापत्र परिवार, गोरखापत्रका पाठक र अध्ययता सबैलाई बधाई तथा शुभकामना व्यक्त गरे ।
उनले अब प्रविधिले फड्को मारेको र डिजिटल युगमा एआईको प्रयोग गरेर छिटो काम गर्न सकिने अवस्था आएको उल्लेख गरे ।
उनले एकसाथ परिवर्तन नभए पनि गोरखापत्रमा विस्तारै परिवर्तन भइरहेको बताए ।
१०४ वर्षको उथलपुथल, राज र राणाको पारिवारिक द्वन्द्व स्वार्थलाई देखेको गोखापत्रले आजको परिवर्तनलाई अंगिकार गर्नुपर्नेमा उनको जोड छ ।
उनले पञ्चायतमा राणा शासनलाई जहानियाँ भन्दा राजतन्त्रलाई किन नभन्ने भन्ने विषय आएको उल्लेख गरे ।
उनले गोरखापत्रले राजनीतिक परिवर्तन र निर्ममतासँगै योद्धाले आवाज उठाउँदा बिना कारण दुःख दिएको कुरा उठाएको सम्झना गरे ।
प्रधानमन्त्री ओलीले गोरखापत्रको वार्षिकोत्सवको अवसरमा देशको राजनीतिक परिवर्तनका लागि संघर्ष गर्ने योद्धाकोसमेत सम्झना गरे ।
प्रधानमन्त्री ओलीले आज आफूले भन्दै आएको ‘समृद्ध नेपाल सुखी नेपाली’को विषय गोरखापत्रले १२४ वर्ष अगाडि लेखेको उल्लेख गरे ।
गोरखापत्रले १२४ वर्ष अगाडि ‘सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामय । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद दुःख भाग्जनः ।’ लेखेको छ

































