२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

मौलिक दर्शन र दृष्टिकोण बिनाको आन्दोलन सफल हुँदैन

Untitled
Untitled
Untitled

मङ्गोलहरुले चीनमाथी आक्रमण गरे । उनिहरुले आजभन्दा करिब ७५० वर्ष अगाडि नै ३ करोड चिनियाँहरुको एकै चिहान बनाइदिएका थिए । चीनलाई ९० वर्षसम्म नियन्त्रणमा लिएर उनिहरु भन्दा सभ्य र बहुसंख्यक चिनियाँहरु माथी शासन गरे । मङ्गोलहरुले एकपटक मात्रै होइन पटकपटक चीनमाथी आक्रमण गरेर सताउने गर्थे । मङ्गोलहरुको आक्रमण बाट बच्नको निम्तिनै Great wall को निर्माण गरिएको थियो । तर मङ्गोल साम्राज्य एक डेढ सय वर्ष भन्दा बढी टिकेन ।

समयक्रममा मङ्गोलिया चीन साम्राज्यको हिस्सा बन्न पुग्यो । चीनमा Quing वङ्सको पतन भएसङ्गै गणतान्त्रिक ब्यवस्था स्थापना गरियो । बाहिरी मङ्गोलिया १९११ मा रुसको सहयोगमा विद्रोह गरेर स्वतन्त्र राष्ट्र बन्यो । मङ्गोलियाको स्वतन्त्रता दीर्घकालीन हुन्छ भन्नेमा सङ्कै छ । चीन र रुसबिच शक्ति संतुलन र समझदारी कायम भैन्जेल मङ्गोलिया स्वतन्त्र राष्ट्र रहन्छ । यी दुई मुलुक बिचको शक्ति संतुलन र समझदारी बिग्रेको दिन मङ्गोलिया बिलाउन सक्छ ।

भित्री मङ्गोलिया अझै पनि चिनको एक हिस्साको रूपमा रहेको छ । बाहिरी मङ्गोलियाको जनसंख्या ३०/४० लाख जति मात्रै छ । भित्री मङ्गोलियामा स्वतन्त्र मङ्गोलियामा भन्दा धेरै मङ्गोलहरुको बसोबास रहेको छ ।

भित्री मङ्गोलियाका मङ्गोलहरुले पनि बेला बेलामा स्वतन्त्रताको निम्ति आन्दोलन गर्छन् । चीनको उत्तर पश्चिम प्रान्त सिन्जियाङका मुस्लिमहरु पनि लामो समयदेखि स्वतन्त्रताको माग गर्दै आन्दोलनरत छन् । तिब्बतीहरु पनि स्वायत्तताको निम्ति आन्दोलनकै अवस्थामा छन् ।

मङ्गोलहरुको विरताको इतिहास र विरासतको तुलनामा उइघुर मुस्लिम र तिब्बतीहरुको तुलना हुनै सक्दैन । तर चीन सरकार संसार जित्ने चगेज खान र कुब्ला खानका सन्तानसङ्ग डराउदैन । चीन सरकार तिब्बती र उइघुरहरुसङ्ग झस्किन्छ । कारण के हो त ? मङ्गोलहरुको दार्शनिक आधार सुन्य छ । वैचारिक जग अत्यन्तै कमजोर छ । उता तिब्बती र उइघुरहरुसङ्ग बलियो दर्शन छ ।

सिखहरु भन्दा उत्तर पुर्व भारतका क्रीस्चियन आदिवासीहरुले गरेको हिंसात्मक आन्दोलन बढी ससक्त छ । भारत सरकारले क्रीस्चियन आदिवासीहरुको आन्दोलनलाई केटाकेटीहरुले खेलेको भाडाकुटी जस्तो मात्रै ठान्छ । तर उ सिखहरुसङ्ग साँच्चिकै त्रस्त छ ।

कारण उही हो । सिखहरुसङ्ग बलियो मौलिक दर्शन दृष्टिकोण छ । उत्तर पुर्व भारतका क्रीस्चियनहरु वैचारिक हिसाबले दरिद्र छन् ।

हिटलरले अत्यन्तै सानो सङ्ख्यामा रहेका यहुदिहरुको किन खेदो गर्‍यो ? ? उनीहरु लाई किन देख्न सकेन ? किन उसले सम्पुर्ण यहुदिहरुको सफाया गर्न चाहन्थ्यो ? हजारौं वर्षसम्म दमन हुँदा पनि यहुदीहरु जिउँदो जाग्दो रहन सफल भए । आफ्नो पुर्ख्यौली भुमी प्राप्त गर्न सफल भए । किन ? यहुदिहरुसङ्ग हजारौं वर्ष पुरानो जग भएको मजबुत दर्शन र विचार थियो ।

१९९४ मा रुवान्डामा हुतु र तुत्सिबिच हिंसात्मक द्वन्द्व भड्कियो । हुतुहरु खाटी क्रीस्चियन हुन् भने तुत्सिहरु आम्सिक क्रीस्चियन र बढी मौलिकवादी हुन् । ९० दिन सम्म चलेको गृहयुद्धमा हुतुहरुले लाखौं तुत्सिहरुको नरसंहार गरे । हुतुहरु लाई फ्रेन्च सरकारको समर्थन प्राप्त थियो । तर रुवाण्डाको कुल जनसंख्याको १४ प्रतिशत जनसंख्या रहेको तुत्सिहरुले ८५ प्रतिशत जनसंख्या भएका बहुसंख्यक हुतुहरु लाई उक्त युद्धमा पराजित गरेरै । राज्यसत्तामा फेरि पनि तुत्सिहरुको नियन्त्रण पुनर्स्थापना भयो ।

संसारका विभिन्न मुलुकमा आदिवासीहरुले हतियार उठाएका छन् । अझै पनि विद्रोह गरिरहेकै छन् । तर, कुनै पनि देशमा उनिहरुले सत्ता कब्जा गर्न सकेका छैनन् । स्वतन्त्र राष्ट्र निर्माण गर्न सकेका छैनन् । आदिवासीहरुको आन्दोलन संसारभर असफल भइरहेको छ । कुनै बेल जल, जमिन र सत्ताका मालिक आदिवासीहरु राज्यको कमारा भएका छन् ।

आदिवासीहरु निडर छन् । मूर्ख छन् । मार्न र मर्न डराउदैनन । अन्य मुलुकका आदिवासीहरु त नेपालका आदिवासी भन्दा १० गुणा मूर्ख छन् । तर जहिल्यै हार्छन । कहिले शासक बर्गमा बढुवा हुदैनन् । जतासुकै आदिवासी हार्नुको कारण के हो ? यसको एक र एउटा मात्रै कारण भनेको धर्म परिवर्तन गरेर आदिवासीहरुले मौलिक दर्शन र दृष्टिकोण गुमाइसकेका छन् । लडाइँ बलले होइन विचार र दृष्टिकोणले जितिन्छ । आयातीत विचार र दर्शन होइन मौलिक दर्शन र दृष्टिकोणले ।

अहिले नेपालमा चलिरहेका कथित पहिचानको आन्दोलन मौलिक दर्शन र दृष्टिकोणले निर्देशित छैनन् । यी आन्दोलनहरु आयातित विचारबाट प्रदुशित भएका छन् जसले गर्दा आन्दोलनले कुनै निस्चित दिशा र गति पकड्न सकेको छैन । आन्दोलनहरु वास्तविक र न्यायिक मुद्दा बाट बहकिएका छन् ।

सत्तामा पुग्ने र सत्ता चलाउने मौलिक दृष्टिकोण र दर्शनले हो।मौलिक दर्शन र विचार बिनाको आन्दोलन र विद्रोह उहि उटपट्याङ र भाडाकुटी मात्रै हो ।

Untitled
Untitled
Untitled