२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

नेदरल्यान्ड्सको रोटरडममा विद्यार्थीले गोली चलाए, प्राध्यापकसहित तीन जनाको मृत्यु

Untitled
Untitled
Untitled

एजेन्सी, नेदरल्यान्ड्सको रोटरडम सहरमा दुईवटा गोलीबारीमा कम्तीमा तीन जनाको हत्या भएको छ। बन्दुकधारीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार ३२ वर्षीय पुरुष आक्रमणकारीले घरमा आगजनी गर्नुअघि गोली चलाएका थिए त्यसपछि सहरको इरास्मस मेडिकल सेन्टरमा आक्रमण गरेका थिए।

उनी अस्पतालसँग सम्बद्ध इरास्मस विश्वविद्यालयका विद्यार्थी थिए। पहिलो गोलीबारीमा ३९ वर्षीया एक महिला र उनकी १४ वर्षीया छोरीको मृत्यु भएको थियो ।

अस्पतालमा ४३ वर्षीय पुरुष प्राध्यापकको गोली हानी हत्या भएको छ । आक्रमणको कारण तत्काल थाहा हुन सकेको छैन ।

घटनास्थलमा आफू पहिलो भएको बताउने एक सुरक्षा गार्डले बीबीसीलाई यो चकित पार्ने दिन भएको बताएका छन् ।

नेदरल्यान्डका प्रधानमन्त्री मार्क रुटेले सामाजिक सञ्जालमा एउटा पोस्टमा लेखेका छन्, “हिंसाका पीडितहरूलाई श्रद्धाञ्ली, उनीहरूका प्रियजनहरू र ठूलो डरमा परेका सबै मानिसहरू शान्त रहने कोशिस गर्नुहोला ।”

Untitled
Untitled
Untitled