एजेन्सी, बंगलादेशमा फेरि आन्दोलन सुरु भएको छ । प्रदर्शनका क्रममा पीडितले न्याय नपाएको भन्दै विद्यार्थीले फेरि आन्दोलन सुरू गरेका हुन् ।
उनीहरुले यसअघि पक्राउ परेकाहरूको रिहाइलाई मुख्य माग बनाएका छन् । पक्राउ परेका १० हजार बढीलाई रिहा गर्नुपर्ने उनीहरुको माग छ ।
आन्दोलनका क्रममा पक्राउ परेकाको रिहाइको माग गर्दै पुनः सुरु भएको आन्दोलनमा विद्यार्थी र प्रहरीबीच झडप हुन थालेको छ ।
प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि प्रहरीले अश्रुग्यास हानेको छ । राजधानी ढाकासहित अन्य शहरमा झडप सुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्महरुले जनाएको छ ।
आरक्षण प्रणालीको विरोधमा विद्यार्थीले गरेका आन्दोलनमा २ सय भन्दा धेरैको मृत्यु भइसकेको छ । झण्डै १० हजार मानिसलाई पक्राउ गरिएको विद्यार्थीको आरोप छ ।