२०८३ असार ८ सोमवार | Monday, Jun 22 2026

पाकिस्तानमा आतंकवादी हमलामा परेर चार चिनियाँ इन्जिनियरसहित १३ जना मारिए

Untitled
Untitled
Untitled

एजेन्सी, पाकिस्तानमा भएको एक चरमपन्थी हमलामा चारजना चिनियाँ इन्जिनियसहित कम्तीमा पनि १३ जना मारिएका छन्। बलोच आतंकवादी संगठनले उक्त हमला गरेको हो।

बलुचिस्तानमा आइतबार दिउँसो चिनियाँ इन्जिनियरहरुलाई लक्षित गर्दै आतंकवादी हमला भएको हो।

यो घातक हमलामा चार चिनियाँ इन्जिनियर, नौ पाकिस्तानी सैनिक र दुई आतंकवादी मारिएका छन्। समाचारअनुसार यो हमलामा अन्य २७ जना घाइते भएका छन्।

जियो न्युजका अनुसार चीन(पाकिस्तान इकोनोमिक करिडोर ९सीपीईसी० को एक थर्मल पावर प्रोजेक्टका लागि यहाँ चिनियाँ इन्जिनियर काम गरिरहेका थिए।

दुई वर्षअघि पनि यहाँ चिनियाँ इन्जिनियरहरुमाथि चरमपन्थी हमला हुँदा नौ जना इन्जिनियर मारिएका थिए।

पाकिस्तान सरकार र सेनाको तर्फबाट मारिनेहरुबारे अहिलेसम्म औपचारिक धारणा आएको छैन। पाकिस्तानी सेनाले केही आतंकवादी मारिएको दाबी गरेको छ।

बलोच लिबरेशन आर्मी (बीएलए) ले विज्ञप्ति नै निकालेर आतंकवादी हमलाको जिम्मेवारी लिएको छ।

बलुचिस्तानमा पहिले पनि फौज र चीनका प्राविधिक कर्मचारीमाथि हमला भइरहेका छन्। यस पटक भएको आक्रमणको जिम्मा बलोच लिबरेशन आर्मीले लिइसकेको छ।

उसले सामाजिक सञ्जालमा विज्ञप्ति निकाल्दै मारिनेमा आफूहरुका दुईजना सिपाही पनि रहेको जनाएको छ।

यिनको नाम नवीद बलोच र खुदाबख्श अर्थात असलम बलोच हो। यी दुवैजना तुरबत इलाकाका बासिन्दा थिए। यी दुवैजना मजिद ब्रिगेडमा आवद्ध थिए।

Untitled
Untitled
Untitled