२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

भारतीय सेयर बजारले बनायो नयाँ रेकर्ड, अल/टाइम हाईमा सेन्सेक्स

Untitled
Untitled
Untitled

एजेन्सी, भारतीय सेयर बजारले बुधबार अल/टाइम हाई कायम गरेको छ।

सुरुआत कारोबारमा सेन्सेक्स ६३५८८.३१ को विन्दूमा पुगेको हो। यसअघि सेन्सेक्सको अल–टाइम हाई ६३५८३.०७ थियो। जुन डिसेम्बर २०२२ मा कायम भएको थियो।

आज सेन्सेक्स १३० अंकभन्दा बढी बढेर ६३४६४को स्तरमा कारोबार भइरहेको छ। सेन्सेक्सका ३० स्टकमध्ये १६ माथि र १४ वटा घटेका छन्।

निफ्टी पनि हालसम्मकै उच्चको नजिक कारोबार गरिरहेको छ। निफ्टीको अल–टाइम हाई विन्दू १८८८७.६० रहेको छ।

हाल करिब ४० अंकले बढेर निफ्टी १८८५० माथि कारोबार गरिरहेको छ।

Untitled
Untitled
Untitled