२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

अवतरण भयो पोखरा विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान

Untitled
Untitled
Untitled

पोखरा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक आज अन्तर्राष्ट्रिय विमान अतवरण गरेको छ।

छिमेकी मुलुक चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुवान एयरलायन्स पोखरा विमानस्थलमा अवतरण गरेको हो।

विमान पोखरा विमानस्थलमा एयरबस 319 को जहाज ९ बजेर ६ मिनेटमा अवतरण गरेको नेपाल नागरिक उड्डययन प्राधिकरणले जनाएको छ।

जहाजमा चीन भ्रमणबाट फर्किएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहितको नेपाली प्रतिनिधिमण्डलसमेत छ।

अध्यक्ष तिमिल्सिनासहित ७ जना सांसद, अध्यक्षका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र उपसचिव रामहरि थापा साता लामो जेठ २७ गते चीन भ्रमणमा गएका थिए।

यो जहाज करिब दुई घण्टा पोखरा विमानस्थलमा रहेर बिहान ११ बजे काठमाडौं हुँदै चीन फर्किने छ । आजबाट पोखरामा सुरु भएको ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुन चिनियाँहरू पोखरा आएका हुन्।

पोखरामा उक्त जहाजको अर्को उडानबारे जानकारी आइनसकेको विमानस्थलले जनाएको छ। अङ्ग्रेजी नयाँ वर्ष पारेर गत पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो।

उक्त विमानस्थलबाट हाल आन्तरिक उडान मात्रै भइरहेको थियो।

Untitled
Untitled
Untitled