एजेन्सी, टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ४५ सय जना पुगेको छ ।
दुवै देशमा गरेर ज्यान गुमाउनेको संख्या ४५ सय जना पुगेको र १६ हजार भन्दा धेरै घाइते भएको सीएनएनले जनाएको छ ।
टर्कीले एक हप्ते राष्ट्रिय संकटकालको घोषणा गरेको छ ।
उद्दारकर्ताले रातभर पनि खोजी कार्य जारी राखेका छन् । अहिले उज्यालो भएपछि खोजी र उद्दारले तिव्रता पाएको छ ।
दुवै देशमा रातभर मानिसहरु सडकमा जाग्राम बसेका थिए । भूकम्पका कारण टर्की र सिरियाका कयौँ सहर खण्डहर बनेका छन् ।
अमेरिका, बेलायत, जर्मनी लगायतका देशबाट उद्दारकर्ता र राहत सामग्री दुवै देशमा पुग्न थालेका छन् ।
डाक्टर विथाउट बोर्डर नामको संस्थाले टर्की र सिरियामा सयौँ डाक्टर खटाउने घोषणा गरेको छ ।