एजेन्सी, टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ४ हजार जना पुगेको छ ।
दुवै देशमा गरेर ज्यान गुमाउनेको संख्या ४ हजार जना पुगेको र सात हजार जनाको उपचार भइरहेको सीएनएनले जनाएको छ ।
१५ हजार जना घाइते भएका छन् । उद्दारकर्ताले रातभर पनि खोजी कार्य जारी राखेका छन् ।
दुवै देशमा रातभर मानिसहरु सडकमा जाग्राम बसेका थिए । भूकम्पका कारण टर्की र सिरियाका कयौँ सहर खण्डहर बनेका छन् ।
दुवै देशमा शोक र भोक थपिएको खबरमा उल्लेख छ । अमेरिका, बेलायत, जर्मनी लगायतका देशबाट उद्दारकर्ता र राहत सामग्री दुवै देशमा पुग्न थालेका छन् ।
डाक्टर विथाउट बोर्डर नामको संस्थाले टर्की र सिरियामा सयौँ डाक्टर खटाउने घोषणा गरेको छ ।
टर्कीमा सोमबार विहान ७.८ म्याग्निच्युडको र दिउँसो ७.५ म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्पका कारण टर्की र सिरियामा ठूलो क्षति भएको हो । सिरियामा जारी गृहयुद्ध र अन्य द्वन्द्वका कारण लाखौं मानिसले भरिएको यस क्षेत्रका प्रमुख शहरको पूरै क्षेत्रलाई कम्पन गर्नेगरी भूकम्प गएको हो ।