२०८२ वैशाख १० बुधवार | Wednesday, Apr 23 2025

शक्तिशाली भूकम्प गएपछि टर्कीमा संकटकाल घोषणा

Untitled
Untitled
Untitled

एजेन्सी, टर्कीमा सोमबार बिहान शक्तिशाली भूकम्प गएपछि त्यहाँको सरकारले संकटकाल घोषणा गरेको छ।

बीबीसी टर्की सेवाका संवाददाताबाट प्राप्त जानकारीअनुसार भूकम्प प्रभावित क्षेत्रमा पूर्वाधारमा ठूलो क्षति पुगेको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार सिरियाली सीमानजिकै गाजियनटेपको कहानमारास नजिक ७.८ म्याग्निच्युडको पहिलो भूकम्प महसुस गरिएको थियो।

यूएसजीएसले यहाँ जनधनको क्षति हुने सम्भावना रहेको जनाएको छ। समाचार एजेन्सी एएफपीका अनुसार भूकम्पको पहिलो धक्का स्थानीय समयानुसार बिहान ४।१७ बजे गएको थियो।

यसको १५ मिनेटपछि मध्य टर्कीमा भूकम्पको दोस्रो धक्का महसुस गरिएको थियो। टर्कीको राजधानी अंकारा र लेबनान, सिरिया, साइप्रसलगायत अन्य सहरमा पनि भूकम्पको धक्का महसुस गरिएको छ।

टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले ट्वीटरमा भूकम्प प्रभावित क्षेत्रमा सुरु भएको उद्धार कार्यको जानकारी दिएका छन्।

उनले लेखेका छन्, ‘काहनेमर्सलगायत देशका अन्य क्षेत्रमा भूकम्पबाट प्रभावित हाम्रा नागरिकहरूप्रति म संवेदना प्रकट गर्दछु।

हाम्रा सबै उद्धार टोलीहरू एएफएडीसँगको समन्वयमा सक्रिय रूपमा काम गरिरहेका छन्।’

भूकम्पबाट भएका जनधन क्षतिबारे विस्तृत विवरण आउन भने बाँकी छ।

Untitled
Untitled
Untitled