२०८१ जेठ १० बिहीवार | Thursday, May 23 2024

टर्कीमा ७ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ठूलो क्षतिको आशंका

एजेन्सी, टर्कीमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणले ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ।

सिरियासँगको सिमाना नजिक रहेको टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको गाजियनटेपमा शक्तिशाली भूकम्प गएको हो ।

भूकम्पको धक्का राजधानी अंकारा र टर्कीका अन्य सहरहरू र छिमेकी देशमा पनि महसुस गरिएको थियो।

धेरै भवनहरु ध्वस्त भएको र धेरै मानिसहरु फसेको रिपोर्टहरु आइरहेका छन् ।