२०८१ चैत ६ बुधवार | Wednesday, Mar 19 2025

केनको निर्णायक गोलमा टोटनहमले सिटीलाई हरायो

Untitled
Untitled
Untitled

एजेन्सी, इंग्लिस प्रिमियर लिगमा टोटनहमले म्यानचेस्टर सिटीलाई १–० गोल अन्तरले हराएको छ ।

गएराति सम्पन्न खेलमा टोटनहमको जितमा कप्तान ह्यारी केनले निर्णायक गोल गरे ।

उनले १५ औं मिनेटमा गोल गरेका थिए । योसँगै केन प्रिमियर लिगमा टोटनहमका लागि सर्वाधिक गोलकर्ता बनेका छन् ।

उनले अहिलेसम्म ४१६ खेलमा २ सय ६७ गोल गरेका छन् । यसअघि यो कीर्तिमान जिम्मी ग्रेभ्सको नाममा थियो । उनले ३८१ म्याचमा २६६ गोल गरेका थिए ।

यो हारपछि सिटीको लिग उपाधि जित्ने अभियानमा धक्का पुगेको छ । टोटनहमलाई हराएको खण्डमा सिटीले शीर्षमा रहेको आर्सनललाई दबाब दिन सक्थ्यो ।

आर्सनल ५० अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको सिटीको ४५ अंक छ । टोटनहम ३९ अंकका साथ पाँचौँमा स्थानमा छ ।

Untitled
Untitled
Untitled