२०८३ जेठ ३० शनिवार | Saturday, Jun 13 2026

अमेरिका–इरान तनावबीच युद्धविराम लम्ब्याइयो, वार्ता अझै अनिश्चित

Untitled
Untitled
Untitled

एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी तनावका बीच युद्धविरामको अवधि थप गर्ने घोषणा गरेका छन् ।

दुई देशबीचको वार्ता निष्कर्षमा नपुगेसम्मका लागि यो निर्णय गरिएको उनले बताएका छन् ।

ट्रम्पका अनुसार तेहरानले एकीकृत प्रस्ताव पेस नगरेसम्म इरानी बन्दरगाहहरूमाथिको नाकाबन्दी जारी रहनेछ ।

यसअघि युद्धविरामको म्याद सकिन लागेकाले अमेरिका–इरान सम्बन्ध थप तनावपूर्ण बन्ने चिन्ता व्यक्त गरिएको थियो ।

‘ट्रुथ सोसल’मा पोस्ट गर्दै ट्रम्पले अमेरिकी सेनालाई उच्च तयारीमा रहन निर्देशन दिएको जानकारी दिएका छन् ।

उनले वार्ता अघि बढ्न नसकेसम्म दबाब कायम राखिने संकेत गरेका छन् । यसै क्रममा ह्वाइट हाउसले जेडी भान्सको इस्लामाबाद भ्रमण स्थगित गरेको छ ।

उनी पूर्वनिर्धारित तालिकाअनुसार मंगलबार पाकिस्तान जानुपर्ने थियो ।

शहबाज सरिफले भने युद्धविराम लम्ब्याउने निर्णयको स्वागत गर्दै दुवै पक्षलाई संवादमार्फत स्थायी समाधान खोज्न आग्रह गरेका छन्।

उनले दोस्रो चरणको वार्तामा व्यापक शान्ति सम्झौता हुने विश्वास व्यक्त गरेका छन् ।

उता, इरानले पनि पाकिस्तानमा हुने सम्भावित वार्तामा सहभागी हुनेबारे अझै निर्णय गरिसकेको छैन ।

Untitled
Untitled
Untitled