एजेन्सी, आँधीबेहरी मेलिसाले जमैकामा ठूलो क्षति गरेको छ । क्षतिको आर्थिक लागत पनि उत्तिकै बढी हुने सम्भावना छ ।
सीएनएनको समाचारअनुसार क्यारिबियन टापुमा कुल क्षति र आर्थिक क्षति २२ बिलियन डलरसम्म हुन सक्छ ।
जुन जमैकाको कूल जीडीपीभन्दा धेरै हो । जमैकाको कूल गार्हस्थ्य उत्पादन प्रति वर्ष लगभग २० बिलियन डलर छ ।
ज्यान गुमाउनेमा १० बालबालिका पनि छन् र १२ जना अझै पनि बेपत्ता छन् ।

देशभर एक हजारभन्दा बढी घरहरू डुबानमा परेको र लगभग १२ हजार मानिसहरू आपतकालीन आश्रयस्थलमा सरेका छन् ।
आँधीबाट क्युबामा पनि ठूलो क्षति भएको छ । लगभग १ लाख ४० हजार मानिसहरू सम्पर्कविहीन भएको सीएनएनले जनाएको छ ।
क्युबाको दोस्रो ठूलो शहरलाई पराजित गरेपछि मेलिसा आँधी बुधबार उत्तरी क्यारिबियनमा फैलिएको थियो ।
जसले जमैकामा विनाश निम्त्यायो र हैटीमा कम्तिमा २५ जनाको ज्यान लिएको समाचारमा उल्लेख छ ।
राजधानीबाट ६४ किलोमिटर ९४० माइल० पश्चिममा रहेको तटीय शहर पेटिट(गोभमा बाढी आएको थियो ।
जहाँ नदीले किनार फुटाएको समाचारमा उल्लेख छ । हैटीमा १३ लाखभन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ ।
जमैकाका स्थानीय सरकार तथा सामुदायिक विकास मन्त्री डेसमन्ड म्याकेन्जीले सेन्ट एलिजाबेथ क्षेत्रमा चार जनाको मृत्यु भएको जानकारी दिएका छन् ।
 
						








































