एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडासँग भइरहेका सबै व्यापार वार्ता तत्काल अन्त्य गर्ने घोषणा गरेका छन् ।
उनले आफ्नै सामाजिक सञ्जाल ट्रथ सोसलमा लेख्दै क्यानडाले पूर्वराष्ट्रपति रोनाल्ड रेगनको एक विज्ञापन प्रसारण गरेको उल्लेख गरेका छन्, जसमा उनले शुल्कविरुद्ध नकारात्मक अभिव्यक्ति दिएका थिए ।
ट्रम्पले लेखेका छन्, ‘क्यानडाको यस्तो आपत्तिजनक व्यवहारका आधारमा, क्यानडासँग भइरहेका सबै व्यापार वार्ता यही क्षणदेखि समाप्त गरिएको छ ।’
ट्रम्पले हालै क्यानडाबाट हुने आयातमा ३५ प्रतिशत कर लगाएका छन् । यद्यपि, उनका अनुसार यूएसएमसीए ९अमेरिका–मेक्सिको–क्यानडा मुक्त व्यापार सम्झौता० अन्तर्गत पर्ने केही वस्तुलाई भने छुट दिइएको छ ।
त्यसका साथै उनले क्यानडाबाट आयात हुने धातुमा ५० प्रतिशत र सवारीसाधनमा २५ प्रतिशतका दरले छुट्टै शुल्क पनि लगाएका छन् ।









































