काठमाडौं, नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई शपथ गराएका हुन् ।
उक्त अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल , मन्त्रीहरु, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन लगायत उपस्थित थिए ।
निवर्तमान उपराष्ट्रपति पुनको कार्यकाल चैत ४ गते सकिएको थियो । यादव यही चैत ३ गते उपराष्ट्रपति निर्वाचित भएका थिए ।