२०८१ असार ३१ सोमवार | Monday, Jul 15 2024

राष्ट्रपतिद्वारा सांसदको सम्मानमा चियापान समारोह आयोजना

Nabil Bank

काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद र सातै प्रदेशसभा सदस्यको सम्मानमा भोलि शनिबार बिहान ९ बजे राष्ट्रपति भवनमा चियापान समारोहको आयोजना गरेका छन् ।

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित उपप्रधानमन्त्री, मन्त्री, सांसदहरू, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यलाई आमन्त्रण गरिएको जानकारी राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलानाथ पौडेलले दिए ।

फागुन २९ बाट राष्ट्रपति पदको पदभार सम्हाले राष्ट्रपति पौडेलले उपराष्ट्रपतिको निर्वाचनमा सबै सांसद काठमाडौं आएको सन्दर्भ पारेर चियापान कार्यक्रमको आयोजना गरेका हुन् ।