नवनिर्वाचित उपराष्ट्रपति यादवलाई प्रधानमन्त्रीसहित शीर्ष नेताले दिए बधाई
Sanchargram
२०७९ चैत ४ शनिवार ०८:०८
399
shares
काठमाडौं, नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहालसहित शीर्ष नेताले बधाई दिएका छन् ।
शुक्रबार भएको उपराष्ट्रपति पदको निर्वाचनमा निर्वाचित हुनुभएका यादवलाई नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा पुगेर प्रधानमन्त्री दाहालले बधाई दिएका हुन् ।
सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका यादवलाई प्रधानमन्त्रीसँगै पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताले बधाई दिएका छन् ।
उपराष्ट्रपतिमा निर्वाचित यादवलाई निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपति पदमा विजयी भएको प्रमाणपत्र प्रदान गर्दै बधाई दिएका सथए ।
प्रधानमन्त्री दाहाल, पूर्वप्रधानमन्त्री देउवा, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, जसपाका नेता र निर्वाचन आयोगका निर्वाचन आयुक्तले नवनिर्वाचित उपराष्ट्रपति यादवलाई बधाई दिए ।
शुक्रबार भएको उपराष्ट्रपतिको निर्वाचनमा ३० हजार ३२८ मतभारसहित यादव विजयी हुनुभएको हो। उहाँले संघीय सांसद १८४ र प्रदेश सभाका ३२९ को मत प्राप्त गरे ।
एमालेकी अष्टलक्ष्मी शाक्यको पक्षमा प्रदेश सभातर्फ १६९ र संघका १०४ सांसदले गरेको मतदानबाट १६ हजार ३२८ मतभार रह्यो भने जनमतकी ममता झाले प्रदेशमा १५ र संघमा २३ मत पाउँदा २ हजार ५३७ मतभार प्राप्त गरिन् ।
यस्तै, जसपाकी अर्की उम्मेदवार प्रमिला यादवले प्रदेशमा १ मतसहित ४८ म