२०८२ वैशाख १० बुधवार | Wednesday, Apr 23 2025

भारतलाई ३-१ को अन्तरले हराउँदै नेपाल साफ यू-२० को फाइनलमा

Untitled
Untitled
Untitled
काठमाडौं, बंगलादेशमा जारी महिला यू-२० साफ च्याम्पियनसिपको समूह चरणको आफ्नो अन्तिम खेलमा भारतलाई पराजित गर्दै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। मंगलबार बंगलादेशको राजधानी ढाकामा भएको लिगको आफ्नो अन्तिम खेलमा नेपालले भारतमाथि ३-१ गोलको जीत निकाल्दै फाइनलमा स्थान बनाएको हो। नेपालले खेलमा १-० गोलले पछि परेको अवस्था उल्टाउँदै पुनरागमन जीत निकाल्यो। भारतले पहिलो हाफमा २१औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। भारतका लागि अपूर्णाले गोल गरेकी थिइन्। नेपालले दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। भारतकी गोलकिपरले राम्रोसँग क्लियर गर्न नसकेको बल पाएकी अन्जली चन्दले खाली पोस्टमा गोल गरिन्। जितसँगै नेपालले लिग चरणमा ६ अंक जोडेको छ। अब नेपालले फाइनलमा भारत वा बंगलादेशसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ। आजै बंगलादेश र भुटानको खेलपछि फाइनलमा पुग्ने अर्को टिमको टुंगो लाग्नेछ।
Untitled
Untitled
Untitled